सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर

भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो प्रहार र त्यसको रक्षा गर्ने सवालमा न्यायिक प्रणालीको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला यहाँको सर्वोच्च अदालतले त्यसैसम्बन्धी एउटा गम्भीर फैसला गरेको छ ।भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता तथा नागरिक अधिकारकर्मी प्रशान्त भूषणले गरेको ट्वीटले अदालतको मानहानी भएको ठहर गरेको हो । अदालतले २७ र २९ जुनमा भूषणले सर्वोच्च अदालत र प्रधानन्यायाधीश एसए बोब्डेलक्षित दुई वटा ट्वीटले मानहानी भएको ठहर गरेको हो ।

भूषणले २७ जुनको ट्वीटमा प्रधानन्यायाधीश बोब्डेको तस्बिरमा हेल्मेट नलगाएको भन्दै टिप्पणी गरेका थिए । गत जुनको अन्तिम साता प्रधानन्यायाधीश बोब्डेको आफ्नो गृहनगर नागपुरमा निकै नै महँगो देखिने मोटरसाइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिरमा बोब्डेले हेल्मेट लगाएका थिएनन् । भूषणले त्यही तस्बिरमाथि टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *