सडक किनारमा रहेको डम्परले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घटना माथाभाङ्गाको मदरसा चौपाथी क्षेत्रमा भएको हो । घटनाले सो क्षेत्रमा शोकको वातावरण छ । माथाभाङ्गा-सिलगढी राज्य मार्ग १६ मा पार्किङ गरेको डम्परको पछाडिबाट मोटरसाइकलमा सवार तीन जनाको मोटरसाइकल ठोक्किएको जानकारी प्राप्त भएको छ । मोटरसाइकल चालकसहित दुईजना घटनास्थलमै खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । सबै माथाभाङ्गाको वडा नम्बर ९ का बासिन्दा हुन् । दुर्घटना लगत्तै स्थानीयवासीले घटनास्थलमा पुगेर घाइतेहरुलाई बाहिर निकालेर माथाभाङ्गा डिभिजन अस्पताल पुर्याएका थिए । गम्भीर घाइते दुई जनालाई प्राथमिक उपचारपछि कुचबिहार मेडिकल कलेज र अस्पतालमा रिफर गरिएको छ। घटनाबारे माथाभाङ्गा प्रहरी चौकीले अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा रामकृष्ण बर्मन र घाइते हुनेमा स्वपन पटनायक र सुशान्त बर्मन रहेका छन् ।
Related Posts
ट्रू नैट मेशिनहरूको स्थापना सुरु हुन्छ जीटीए क्षेत्रमा
- Editor
- September 1, 2020
- 0
गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनका अध्यक्ष अनित थापा, सोमवार, घोषणा गरियो कि ट्रू नैट मेशिनहरूको स्थापना छ जीटीए क्षेत्रमा शुरू भयो। रिपोर्ट अनुसार, त्यहाँ कम्तिमा ६ ट्रू […]
पश्चिम बंगाल मा भाजपाले TMC विरुद्ध ‘जेल भरो आन्दोलन’ दुर्गा पूजा पछि सुरु गर्ने छ
- Editor
- September 15, 2022
- 0
मजुमदारले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीको दावीलाई अस्वीकार गरेका छन् र मंगलबार (सेप्टेम्बर 13) कोलकातामा भएको हिंसाको लागि तृणमूल कांग्रेस (TMC), पार्टी कार्यकर्ताहरूलाई आरोप लगाएका […]
गत चुनावपछि भाजपा नेताहरू घरबाट भागे, यसपटक उनीहरूलाई घरमै राख्नुहोस् – अभिषेक बनर्जी
- Nandita Das
- February 13, 2023
- 0
दिनहाटा १ ब्लकको भारबन्द गाउँमा बीएसएफको गोली लागेर २३ वर्षीय प्रेम कुमारको मृत्यु भएको छ। अभिषेक बनर्जीले मृतक युवाका परिवारलाई मञ्चमा बसाएर बीएसएफ, केन्द्र सरकार […]