संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ अध्यादेशबमोजिम परिषद्को बैठक सुरु भएको बताए । मंगलबार दिउँसो प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो । 

नयाँ अध्यादेशको व्यवस्थाअनुसार सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा सहभागी छैनन् । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो । अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *