संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि विपत्तिमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्त: दायित्व रहेको बताए ।

सरकारले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध गर्ने पनि उनले बताए । खोपको व्यवस्था गर्न पनि सरकार लाग्ने उनको भनाइ थियो ।

कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने बताए । उनले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने बताए । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताएका थिए ।

उनले दसैँ मान्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *