श्री सम्मेद शिखरजी मन्दिरलाई पर्यटकीय गन्तव्य घोषणाको विरोधमा सिलगढीमा र्‍याली निकालिनेछ

झारखण्ड सरकारले श्री सम्मेद शिखरजी मन्दिरलाई पर्यटकीय गन्तव्य घोषणा गरेको विरोधमा सिलगढीमा सम्पूर्ण जैन समुदायद्वारा विरोध र्‍याली निकालिनेछ। झारखण्ड सरकारको यस निर्णयको बिरूद्ध जनवरी 6 मा सिलगढीमा जैन समुदायले मौन जुलुस निकाल्ने छ।जैन समुदायले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । उल्लेखनीय छ, झारखण्डमा अवस्थित जैन समुदायको तीर्थस्थल मध्येको एक श्री सम्मेद शिखरजी मन्दिरलाई झारखण्ड सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको छ र त्यसको विरोधमा जैन समुदायले देशभर विरोध प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *