श्री श्री अनुकुल ठाकुरको 135 औं चन्द्र जन्मजयन्ती सिलगढीको अथरखाई सत्संग विहारमा मनाइयो। बुधबार बिहानैदेखि श्रीश्री ठाकुर अनुकुल चन्द्रको नाममा कीर्तन, प्रार्थनालगायत विभिन्न भक्ति कार्यक्रम सुरु भएको थियो । यस कार्यक्रममा सिलगढी सहित उत्तर बङ्गालका विभिन्न भागबाट अनुकुल ठाकुरका भक्तजनहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। मन्दिर समितिले उपस्थित भक्तजनका लागि दिउँसो प्रसादको व्यवस्था समेत गरेको थियो । ठाकुरको जीवनी, ठाकुरको नामजप र पूजासहितको मातृ सम्मेलनमा साँझसम्म छलफल चलेको बताइएको छ । सो अवसरमा आठरोखाईस्थित सत्संग विहारलाई भव्य रुपमा सजाइएको थियो । कार्यक्रममा सिलगढी र आसपासका सहरहरू र बिहारबाट पनि ठाकुरका भक्तजन र शिष्यहरू ठूलो संख्यामा पुगेका छन्।
Related Posts
गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीमा बिक्यो
- Editor
- November 23, 2020
- 0
कुनै समय महात्मा गान्धीले “लगाएको र बिग्रिएको” घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व […]
यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति
- Editor
- December 31, 2020
- 0
अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको छ।उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने […]
इन्डोनेशियामा दुर्घटनामा सप्पई यात्रीलाई मृत्युको संवाबना
- Editor
- January 11, 2021
- 0
इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ।शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा […]