विश्व वरियतामा पाकिस्तानका बाबरले भारतका बिराटलाई बिस्थापित गरे

पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय एकदिबसीयको विश्व वरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । उहाँले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई बिस्थापित गर्नुभएको छ ।
दक्षिण अफ्रिका बिरुद्धको तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा बाबरले ९४ रनको पारी खेलेपछि १३ अङ्क आर्जन गर्दै शीर्ष स्थानमा उक्लिन सफल हुनुभएको हो । बाबरको ८६५ अङ्क छ । दक्षिण अफ्रिका बिरुद्धको तीन म्याचको एकदिबसीय श्रृखंलामा पाकिस्तानका आजमले २२८ रन बनाउनुभएको छ ।
भारतीय क्रिकेट टोलिका कप्तान बिराट कोहलीले सन् २०१७ को अक्टोबरमा दक्षिण अफ्रिकी ब्याट्सम्यान अब्राहम डिभिलियर्सलाई बिस्थापित गरी अन्तर्राष्ट्रिय एकदिबसीय वरियताको शीर्ष स्थानमा उक्लिनुभएको थियो ।
बाबर आजम अन्तर्राष्ट्रिय एकदिबसीयको विश्व वरियतामा शीर्ष स्थानमा पुग्नुहुने पाकिस्तानका मात्र चौथो ब्याट्सम्यान हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *