लद्दाख सीमामा गर्जिए चीनका लडाकू विमान

भारतमा रक्षासँग जोडिएका सूत्रहरूले समाचार संस्था एएनआईलाई बताए, ‘पूर्वी लद्दाखमा भारतको सीमापारि चीनका २२ लडाकूले अभ्यास गरेका छन् । मुख्यतया जे–११ लडाकू विमानहरू अभ्यासमा सहभागी छन् । केही जे–१६ विमान पनि अभ्यासमा सहभागी रहे । यस अभ्यासलाई भारतले तीखो नजर लगाइरहेको छ । चीनले होटन, गार गुन्सा र काशगर समेतका एयरफील्डहरूलाई अप्ग्रेड गरेर यो अभ्यास गरेको हो । भारतसँग सीमाविवादपछि चीनले वास्तविक नियन्त्रण रेखा नजिक सैन्य हवाई अड्डाहरूको स्तरोन्नति गरेको हो ।  कुन हवाई अड्डामा कतिवटा लडाकू विमान छन् भन्ने कुरा लुकाउनका लागि चीनले पक्की संरचनाहरू बनाएको छ ।  सूत्रहरूका अनुसार, चीनले पांगोङ ताल क्षेत्रबाट सैनिकहरूलाई हटाएको भए पनि एचक्यू–९  एचक्यू–१६ जस्ता एयर डिफेन्स सिस्टमलाई हटाएको छैन । ती सिस्टमले लामो दूरीबाट नै कुनै पनि लडाकू विमानलाई तारो बनाउन सक्छन् । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *