रुसी खोप ९१ प्रतिशत प्रभावकारी

कोरोना भाइरसविरुद्ध रुसले विकसित गरेको खोप ९१ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । 

रुसी वैज्ञानिकहरूले खोपको अन्तिम परीक्षणमा प्राप्त तथ्यांकहरूका आधारमा ‘स्पुतनिक–५’ खोप कोरोना भाइरसको संक्रमण रोक्न ९१.६ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएका बताएका हुन् । त्यसका लागि तीन साताको अवधिमा खोपको दुई मात्रा दिनुपर्ने जनाइएको छ ।

तेस्रो चरणको नतिजाले कोरोनाविरुद्ध लड्न ‘स्पुतनिक–५’ अर्को विश्वासिलो हतियार रहेको पुष्टि भएको रुसी वैज्ञानिकहरूको भनाइ छ । उक्त खोप रुसी राजधानी

मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको हो । यसअघि विश्व स्वास्थ्य संगठनले उक्त खोप निर्माणका क्रममा आवश्यक प्रक्रियाहरू पूरा नगरिएको दाबी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *