रुसमा चर्कियो प्रदर्शन

रुसको जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन चर्काएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबारका प्रदर्शनमा हजारौं व्यक्तिहरू सहभागी भएका छन् । 

विरोधमा सहभागी नाभाल्नी पत्नी युलियासहित कम्तीमा ४ हजार जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको अनुगमन संस्थाहरूले जनाएका छन् । ‘विरोधका क्रममा युलिया नाभाल्न्या पक्राउ परेकी छन्,’ नाभाल्नीको टिमले ट्वीटमार्फत जनाएको हो ।

बीबीसीका अनुसार राजधानी मस्कोमा प्रहरीले मेट्रो रेलका स्टेसनहरू बन्द गर्नुका साथै सहरको केन्द्रमा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको छ । मस्कोमा कम्तीमा १ सय ४० जनालाई नियन्त्रणमा लिइएको छ ।

मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिइएको छ । विरोधका लागि मस्कोको केन्द्रमा सयौं प्रदर्शनकारी भेला भएपछि दंगा प्रहरीले केही मानिसहरूलाई सार्वजनिक बसमा पुर्‍याएको सामाजिक सञ्जालमा सार्वजनिक दृश्यमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *