राष्ट्रपति कार्यालय र ३८ जनाविरुद्ध सभामुख अग्नि सापकोटाको सर्वोच्च अदालतमा

सभामुख अग्निप्रसाद सापकोटाले हालै गरिएका संवैधानिक नियुक्तिहरूविरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयबाहेक ३८ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सर्वोच्च अदालतबाट बीबीसीसँग भने, “रिट दर्ता भयो, सभामुखले राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत ३९ लाई विपक्षी बनाउनुभएको छ।”

न्यौपानेका अनुसार अदालतले आइतवारका लागि पेसी तोकेको छ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *