रामदेवको ‘कोभिड रोग प्रतिरोधी’ औषधी लण्डनमा बिक्री

राजधानी लण्डनका एशियाली मूलका मानिसहरूको बसोबास भएका क्षेत्रमा कोरोनिल भनिने भारतबाट आयात गरिएको जडीबुटीले बनेको औषधी बिक्री भइरहेको पाइएको छ।

उत्पादक पतञ्जली आयुर्वेदले कोरोनिलले ‘श्वास प्रश्वास सम्बन्धी’ रोग लाग्नबाट बचाउने दाबी गर्छ। प्रयोगशालामा परीक्षण गर्दा ती चक्कीले कोरोनाभाइरसबाट नजोगाउने देखाएको छ।बर्मिङ्घम विश्वविद्यालयले बीबीसीका लागि गरिदिएको परीक्षणमा उक्त चक्की बनस्पतिजन्य बस्तुहरूबाट बनेको पाइएको छ। तर त्यसले कोभिड-१९ बाट जोगाउँछ भन्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *