रकुल प्रीतले तेलुगू फिल्ममा काम पाउन छाडेको हल्ला,

अभिनेत्री  रकुल प्रीत सिंहले तेलुगू फिल्ममा काम पाउन छाडेको चर्चालाई अफवाह भनेकी छन् । उनले ट्विटरमा एक पोस्ट लेख्दै त्यसप्रकारको हल्लामा सत्यता नभएको बताएकी हुन् । वर्षमा आफूले ६ वटा फिल्ममा काम गरिरहेको पनि उनको दाबी छ । उनी लेख्छिन्, ‘मैले कहिल्यै यस्तो भनेको थिइनँ । वर्षमा ३६५ दिन हुन्छ र ६ भन्दा बढी फिल्मलाई मिलाउन मलाई मद्दत गर्नुहोस्।’ 
 
सोसल मिडियामा भाइरल न्यूजलाई दाबी गरिएको थियो कि रकुल प्रीत सिंहलाई तेलुगू फिल्मबाट अफर आउन छाडेको छ । किनकि, उनी बलिउड फिल्ममा ब्याक टू ब्याक काम गरिरहेकी छन् । 
 
उनी चाँडै निर्देशक अनुभूति कश्यपको कप्स,कमेडी,ड्रामा ‘डक्टर जी’, अजय देवगनको ‘मेडे’, इन्द्र कुमारको एक कमेडी फिल्म र रोनी स्क्रूवालाद्वारा निर्मित ‘छत्रीवाली’ मा देखिँदैछिन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *