यूकेमा गरिएको परीक्षणमा नोभाभ्याक्सले ८९ प्रतिशत सुरक्षा दिने देखियो

अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले भनेको छ- परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ।

संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको छ।यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए।यूकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्ड/एस्ट्राजेनिका, फाइजर/बायोएनटेक र मोडेर्ना खोपहरू हुन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *