यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको छ।उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ।यूके सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ।यूकेमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो।

यसअघि डिसेम्बरको सुरुतिर फाइजर-बायोएन्टेकले बनाएको खोप कोभिड-१९ विरुद्ध प्रयोग हुन थालेको थियो।

चीनमा पनि साईनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्।यूकेका स्वास्थ्यमन्त्रीले ज्यानुअरी ४ देखि यो खोप दिन थालिने बताएका छन्।उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *