युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुनको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो ।

जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ । अधिकारीहरुका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको अनुपातमै संक्रमितहरू भेटिन थालेका छन् । फ्रान्समा बुधबार ३ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।पछिल्लो समय अधिकांश युरोपेली देशमा लकडाउन खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको थियो । तर संक्रमणका घटनामा वृद्धि भएसँगै चिन्ता थपिएको छ । कैयौं युरोपेली देशहरूले यात्रामा नियन्त्रण गर्ने उपाय तथा सामाजिक दूरी तथा मास्क लगाउने नियम भने हालसम्म पनि लागू गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *