म्यान्‍मारमा सैनिक ‘कु’पछि ५ सय प्रदर्शनकारी मारिए

म्यान्‍मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सैनिक ‘कु’ पनि सुरक्षाकर्मीले विरोध प्रदर्शनमा बर्बर दमन गर्दै आएको छ । चैत १४ गते एकै दिन सेनाको गोली लागेर म्यानमारमा कम्तीमा ११४ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सोमबार पनि १४ जना सर्वसाधारण सेनाको गोली लागेर मारिएका छन् । शनिबार जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

यसैबीच म्यानमारका नागरिकले सैनिक सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको सुरुवात गरेका छन् । मंगलबारदेखि सैनिक सरकारको विरोधमा सडकमा फोहोर फाल्न सुरु गरिएको छ । प्रदर्शनकारीले सडकमा राखेको बालुवाको बोरा हटाउन सुरक्षाकर्मीले अत्याधुनिक हतियार प्रयोग गरेको बताइएको छ । कुन हतियार प्रयोग गरेको भन्ने नखुले पनि प्रत्यक्षदर्शीले ग्रिनेड लन्चर हुन सक्ने बताएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *