म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण

म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले निकालेको विरोध र्‍यालीमा सेना समर्थितहरूले आक्रमण गरेका छन् । सैनिक ‘कु’ को विरोधमा बिहीबार यांगुनमा निकालिएको विरोध र्‍यालीमा सेना समर्थित व्यक्तिहरूले चक्कु, रड र ढुंगामुढा प्रहार गरेका हुन् ।

जसबाट केही व्यक्ति घाइते भएका छन् तर उनीहरुको संख्या र अवस्थाबारे केही खुलाइएको छैन ।

फेब्रुअरी १ मा सेनाले सत्या हत्याएपछि बन्धक बनाइएका नेताकोरिहाइ र जननिर्वाचित सरकार पुनःस्थापनाको माग गर्दै यहाँका सबैजसो सहरमा प्रदर्शन भइरहेको छ । बिहीबार सेना समर्थित समेत प्रदर्शनमा उत्रिएका थिए ।

सोही क्रममा आफ्ना विरोधीमाथि आक्रमण गरिएको बताइएको छ । उता विद्यार्थीले भने आफूहरूको शान्तिपूर्ण विरोध प्रदर्शनलाई हिंसात्मक बनाउने उद्देश्यले झन्डै एक हजार सैनिक समर्थकलाई खटाइएको दाबी गरेका छन् । ‘आजको घटनाले को आतंककारी रहेछ भन्ने प्रमाणित भएको छ,’ लोकतन्त्र पक्षधर अभियन्ता थिन जर सुन ली यीले भनेका छन्, ‘लोकतन्त्र प्राप्तिका लागि जनताले गरेको प्रदर्शनबाट उनीहरू डराएका छन् । तर हाम्रो आन्दोलन रोकिने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *