म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुन: प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले म्यानमारमा प्रजातन्त्र पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने पनि बताएका छन् ।

ह्वाइट हाउस प्रवेश गरेपछि उनले अन्तर्राष्ट्रिय घटनालाई लिएर पहिलोपटक जारी गरेको लिखित विज्ञप्तिमा म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन् । अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ ।

म्यानमार सेनाले सोमबार त्यहाँको सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टसहितका लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *