मुम्बई भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु

मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार बुधबार राति तीन तले आवासीय भवन भत्किएर अर्को एक तले भवनमा खसेको थियो । मृत्यु हुनेमा आठ जना बालबालिका र तीन जना वयस्क मानिसहरु रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनामा थप सातजना घाइते भएका छन् । समाचारमा उल्लेख गरिए अनुसार अझै धेरै मानिस पुरिएको आशंकामा अहिले खोजीकार्य चलिरहेको छ ।

अधिकारीहरुका अनुसार नाजुक अवस्थामा रहेको नजिकैको अर्को तीनतले भवन पनि खाली गरिएको छ । मुम्बईको प्रहरीका ज्वइन्ट कमिस्नर विश्वास नांग्रेका अनुसार उक्त भवन गैरकानुनीरुपमा धेरै संरचनात्मक त्रुटिसहित निर्माण गरिएको थियो । गत महिना भारतमा ताउ ते चक्रवातपछि भएको वर्षाको कारण उक्त भवनमा क्षति पुगेको थियो । यस्तोमा आवश्यक सतर्कता अपनाइएको भए बुधबारको दुर्घटना रोक्ने सकिने प्रहरी अधिकारी नांग्रेले बताए । महाराष्ट्रको सरकारले यस घटनामा मृत्यु हुने सबैको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने भएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *