मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । जवाफमा आएको कोलकाताले ९ विकेट गुमाई १ सय ४६ रनमात्र बनाउन सक्यो । दुई पटकको विजेता कोलकाताले सन् २०१४ यता उपाधि जित्न सकेको छैन । गत सिजन मुम्बईले चेन्नईलाई १ रनले पराजित गरी चौथोपल्ट उपाधि जितेको थियो ।
Related Posts
एयरअसियाले आफ्नो नेटवर्कलाई बलियो बनाउँछ
- Editor
- November 15, 2020
- 0
एयरअसिया भारतले बागडोग्रा र कोलकाता बीच थप आवृत्ति सुरु गर्यो र बेङ्गलुरुलाई कोलकाता र कोचीसँग जोड्नुका साथै कोलकाता र कोची बीच उडान कनेक्टिभिटी प्रदान गर्यो […]
भारतमा केन्द्रीय बजेट प्रस्तुत गरिँदै
- Editor
- February 1, 2021
- 0
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सोमबार बिहान लोकसभामा आगामी आर्थिक वर्ष २०२१/२२ का लागि केन्द्रीय बजेट पेस गरिरहेकी छन् । कारोना महामारीका कारण थलिएको भारतीय अर्थतन्त्रको […]
म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण
- Editor
- February 26, 2021
- 0
म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले निकालेको विरोध र्यालीमा सेना समर्थितहरूले आक्रमण गरेका छन् । सैनिक ‘कु’ को विरोधमा बिहीबार यांगुनमा निकालिएको विरोध र्यालीमा सेना समर्थित व्यक्तिहरूले चक्कु, रड […]