माल्दिभ्सका पूर्ब राष्ट्रपति मोहम्मद नाशिद शंकास्पद बम विष्फोटमा घाइते हुनुभएको छ

मालेस्थित आफ्नो निबासबाट कार चढेर बाहिर जाने क्रममा भएको विष्फोटमा उहाँ घाइते हुनुभएको हो । स्थानीय समयअनुसार राती करिब आठ बजेर ४० मिनेट जाँदा विष्फोट भएको थियो ।
विष्फोटमा पूर्ब राष्ट्रपति नाशिदसहित चार जना घाइते भएका छन् । स्पिकर समेत रहनुभएका नाशिदलाई चोटपटक लागेपनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका चिकित्सकहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले पूर्ब राष्ट्रपति नाशिद चढ्न लागेको कार नजिकै पार्क गरेर राखिएको पुरानो मोटरसाइकलमा जडान गरिएको बम विष्फोट भएको थियो । घटनाको जाँचबुझमा सहयोग गर्न अष्ट्रेलियाको संघीय प्रहरी(एएफपी) घटनास्थल पुग्ने जनाइएको छ ।
५३ वर्षीय नाशिद आम निर्वाचनबाट माल्दिभ्सको राष्ट्रपति निर्वाचित हुनुभएको थियो । तर इस्लामिक कट्टरपन्थीको आरोप लागेका उहाँ चार वर्षपछि सत्ताच्युत हुन पुग्नुभयो । उहाँ सन् २००८ मा बहुदलीय चुनाब जित्नुभएको थियो ।
माल्दिभ्सको सदनमा हाल उहाँ ‘स्पिकर’को भूमिकामा हुनुहुन्छ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले सभामुखमाथिको आक्रमणलाई माल्दिभ्सको अर्थ र लोकतन्त्रमाथिको आक्रमणको रुपमा अथ्र्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *