महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन् ।

एन्फाको पाँच सदस्यीय प्राविधिक टोलीले प्रशिक्षकका रुपमा फिलिप्सको नाम प्रस्ताव गरेको थियो । फिलिप्स एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गर्दै आएका थिए । उनले सन् २०१४ देखि सन् २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा काम गरेका थिए ।

यसैगरी अब बन्द रहेको महिला टिमको प्रशिक्षण क्याम्प छिट्टै सुरु हुने र खेलाडीलाई साफ वुमन्स च्याम्पियन्ससिप र एएफसी वुमन्स एसियन कप क्वालीफाइयर्सका लागि तयार गरिने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *