भौतिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरेर संसद् चलाउन सकिने विज्ञहरूको सुझाव

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण जारी रहेकै अवस्थामा कसरी संसद् सञ्चालन गर्ने भन्ने बारेमा संघीय संसद सचिवालयले विज्ञहरूसँग छलफल गरेको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर संसद् बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरूले संसद् सञ्चालनको विधिबारे सबै राजनीतिक दलहरूबीच एकमत हुनुपर्ने धारणा राख्दै विभिन्न सुझाव दिएका छन् ।

संघीय संसद् सचिवालयले बुधबार स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर संसद् चलाउने उपायको खोजी गरेको हो । सचिवालयले सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्वसांसद जनकराज जोशीसँग छलफल गरेको थियो ।

छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पुरा गरी संसद्को बैठक सञ्चालन गर्न सकिने सुझाव दिए । भौतिक दूरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्न पनि उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *