भारत बायोटेकको कोरोना खोप ‘८१ प्रतिशत प्रभावकारी

भारत बायोटेकले कोभ्याक्सिन खोपको प्रभावकारिता ८१ प्रतिशत रहेको दाबी गरेको छ । बुधबार तेस्रो चरणको क्लिनिकल ट्रायल (मानव परीक्षण) को नतिजा सार्वजनिक गर्दै कम्पनीले त्यस्तो दाबी गरिएको हो ।

कम्पनीले कोभ्याक्सिन बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुनेसमेत दाबी गरेको छ ।

‘दोस्रो डोजपछि यसअघि संक्रमित नभएकाहरूमा पनि भाइरसको रोकथाममा कोभ्याक्सिनले ८१ प्रभावकारिता देखाएको छ,’ कम्पनीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत नोभेम्बर अन्त्यदेखि सुरु गरिएको परीक्षणमा २५ हजार ८ सयभन्दा बढी सहभागी भएका थिए । जसमा १८ देखि ९८ वर्ष उमेरका मानिस थिए । परीक्षण विभिन्न समूह बनाएर २५ वटा स्थानमा गरिएको जनाइएको छ । त्यसैगरी, ६० वर्षभन्दा माथिका २ हजार ४ सय ३३ जना र विभिन्न जटिल रोगका पीडित ४ हजार ५ सय ३३ जना परीक्षणमा सहभागी भएको समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *