पेशाले पत्रकार रहनुभएका ३४ वर्षीय आशिष यचुरीको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सीताराम यचुरीले सामाजिक सञ्जाल ट्वीटरमा छोराको देहान्तको पुष्टि गर्नुभएको छ । उहाँलाई उपचारका लागि दुई सातादेखि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । चेन्नईस्थित एशियन कलेज अफ जर्नालिज्मबाट पत्रकारिता अध्ययन गर्नुभएका आशिष पुणे प्रस्थान गर्नुअघि टाइम्स अफ इन्डियाको दिल्ली संस्करणमा समेत आबद्ध हुनुभएको थियो ।