भारतले प्याज निर्यातमा लगायो रोक

भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *