भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख  ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *