भारतमा ६–१२ वर्षका बालबालिकामा गरिँदैछ कोरोना विरुद्धको खोप परीक्षण

अब ६–१२ वर्षका बालबालिकामा खोप परीक्षण गर्न मंगलवारदेखि बालबालिका छनोट गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि २–६ वर्षका बालबालिकाका लागि खोपको परीक्षण गरिनेछ । खोपको परीक्षण देशभरका कूल ५२५ बालबालिकामा गरिने जनाइएको छ । यी बालबालिकालाई ३ समूहमा बाँडिएको छ । पहिलो समूहमा १२–१८ वर्ष, दोस्रो समूहमा ६–१२ वर्ष र तेस्रो समूहमा २–६ वर्षका बालबालिका समावेश छन् । यी बालबालिकालाई पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाएर परीक्षण गरिने समाचारमा उल्लेख छ ।  राजधानी नयाँदिल्लीस्थित एम्स अस्पतालमा यसअघि १२–१८ वर्षका बालबालिकाका लागि खोप परीक्षण गर्न पहिलो डोज लगाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *