भारतमा शनिबारदेखि कोरोना खोप अभियान

भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्।

मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए । ‘भोलि बिहान साढे दस बजेदेखि भारतभर खोप अभियान सुरु हुँदैछ ,’ मोदीले ट्वीटमा भनेका थिए ।

पहिलो चरणअन्तर्गत शनिबारदेखि खोप लगाउन थालिएको हो। भारत सरकारले पहिलो चरणमा करिब तीन करोडलाई नि:शुल्क खोप दिने घोषणा यसअघि नै गरिसकेको छ । जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाउने योजना छ।

त्यसपछि पचास वर्ष नाघेका र त्यो उमेरका भएपनि जटिल स्वास्थ समस्या भएकाहरुलाई खोप दिने योजना छ। भारत सरकारले आगामी जुलाईभित्रमा आफ्ना करिब तीस करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *