भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं दिन हो ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा दुई हजार ७७१ जनाको मृत्यु भएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । भारतमा हालसम्म एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।
भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कुल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *