भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ८४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्

सोही अबधिमा कम्तिमा एक हजार जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना महामारी सुरु भए यता एकैदिनमा थपिने सङ्क्रमित र मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २७ जना सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाभाइरसबाट एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको हो । चौबीस घण्टामा एक लाख ८४ हजार ३७२ जना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट भारतमा हालसम्म एक करोड ३८ लाख ७३ हजार ८२५ जना सङ्क्रमित भएका छन् । भारतमा मंगलबार चौबीस घण्टामा ८७९ जनाको मृत्यु भएको थियो ।
भारतमा हाल १३ लाख ६५ हजार ७०४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ८२ हजार ३३९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक करोड २३ लाख ३६ हजार ३६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *