भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन्

चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने बताउँछन् ।तर, चिकित्सकले यसको पछाडि अन्य धेरै कारणह पनि देखाएका छन् । भारतस्थित लोकनायक अस्पतालका एमडी डा. सुरेशकुमारका अनुसार यस पटक कोरोनाबाट सङ्क्रमित हुनेमा अधिकतम् युवा, बच्चा र गर्भवती महिला छन् ।डा. सुरेशले नयाँ कोरोना भाइरत पहिलाभन्दा धेरै छिटो फैलिरहेको बताए । गत हप्ता २० जना सङ्क्रमित अस्पतात भर्ना भएको मा अहिले यो सङ्ख्या १७० पुगेको छ भने अस्पतालमा श्ययाको सङ्ख्याको माग बढ्दै गएको छ ।आजतकसँग कुरा गर्दै लोकनायक अस्पतालका एमडी डा. सुरेशले पहिला कोरोना सङ्क्रमित भएका व्यक्तिभन्दा धेरैजसो वृद्धवृद्धा थिए । तर, नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेमा युवा, बच्चा गर्भवती महिला रहेका छन् जुन चिन्ताको विषय भएको उनले बताए ।नयाँ सङ्क्रमणको सामना गर्न अस्पतालले केही प्रावधान लागू गरेको उनले बताए । तर, अस्पतालको ओपीडी सेवा बन्द गर्ने विषयमा भने कुनै योजना नरहेको उनले बताए ।त्यसो त मुम्बईमा दोस्रो लहरका सङ्क्रमितभन्दा ८० प्रशितभन्दा बढी बिना लक्षणका छन् । हार्ट केयर फाउण्डेशन अफ इंडिया एण्ड कन्फेडेरेसन मेडिकल एसोसिएसन अफ एशियाका अध्यक्ष डा. केके अग्रवालका अनुसार महिला र बच्चामा कोरोनाका लक्षण कम देखिएको छ । यसका लागि उनीहरु सावधान हुनु आवश्यक छ ।त्यसो त दिल्लीमा विगत केही दिनदेखि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आजतकले जनाएको छ । नोभेम्बर २०२० पछि यो उच्च हो भने दिल्लीमा राति कर्फ्यू लगाइएको छ ।पछिल्लो केही दिनदेखि दिल्लीमा हरेक दिन तीन हजारभन्दा बढी केसहरू देखिएको छ । यो सङ्ख्या तीन चार हजारको बीचमा रहेको थियो । तर विगतका दिनहरूमा यो संख्या फेरि पाँच हजारभन्दा बढी देखिएको छ । यद्यपि मंगलबार दिल्लीमा एक लाखभन्दा बढी परीक्षण गरिएको थियो । एजेन्सी ।दिल्ली बाहेक महाराष्ट्रमा पनि कोरोनाको घटना द्रुतगतिले बढिरहेको छ । अघिल्लो दिनमा महाराष्ट्रमा ५६ हजारभन्दा बढीमा सङक्रमण देखिएको थियो । महाराष्ट्र र दिल्लीपछि उत्तर प्रदेश–कर्नाटक–पंजाबमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।पछिल्लो समय विश्वभर १.१५ लाख मानिस नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *