भारतमा गत चौबीस घण्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको पहिचान गरिएको छ

भारतमा एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौं दिन हो । भारतमा एक साताभित्र मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या करिब २५ लाख पुगेको छ।
भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।
भारतमा हालसम्म एक करोड ७० लाखभन्दा बढी व्यक्ति कोभिडबाट सङ्क्रमित हुन पुगेका छन् । भारतमा २८ लाख १३ हजार भन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतमा हालसम्म १ करोड ४३ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।
कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *