भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

भारतमा केही दिन यता कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । खुला सीमा भएका कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि पनि त्यसको जोखिम नेपालमा पनि पर्ने देखिन्छ । भारतमा गएको एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २७ हजार ११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । जुन एक दिनको अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै भारतमा कुल संक्रमितको संख्या आठ लाख नाघेको छ । विश्वका कोरोना भाइरसको उच्च संक्रमण भएका मुलुकहरुमध्ये भारत तेस्रो स्थानमा छ । पहिलोमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन् । भारतमा हालसम्म संक्रमणबाट २२ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसैगरी कुल संक्रमितमध्ये पाँच लाख पन्ध्र हजारभन्दा बढी निकोसमेत भइसकेका छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमण बढेको हो । छिल्लो समय महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात, बिहार, उत्तर प्रदेशलगायतका राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । राजधानी दिल्लीमा संक्रमितको संख्या एक लाख नौ हजार नाघिसकेको छ । भारतका ३६ प्रदेश तथा केन्द्रशाासित प्रदेशमध्ये महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या २ लाख ३८ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *