भारतमा कोरोनाविरुद्धको खोप लगाउने दश करोड नाघे

भारतमा दश करोडभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोभिड १९ को दोस्रो लहरले थलिएको भारतमा खोप अभियान तीव्रताका साथ अगाडि बढाइएको हो ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलो खोप लगाएपछि अमेरिकामा ८९ दिन, चीनमा १०२ दिन र भारतमा ८५ दिनमा खोप लगाउनेको संख्या दश करोड नाघेको जनाएको छ । तर भारतमा भने दैनिक थपिने सङ्क्रमितको संख्या एक लाख पचास हजारभन्दा बढी छ । आइतबार एकै दिन भारतमा आठ सयभन्दा बढी सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।
बीबीसीका अनुसार खोप अभियान अन्तर्गत भारतमा आगामी जुलाइ महिनासम्म २५ करोड ब्यक्तिलाई खोप लगाइसक्ने लक्ष्य राखिएको छ । तर विज्ञहरुले जारी रफ्तारले उक्त लक्ष्य हासिल हुन नसक्ने जनाउँदै खोप लगाउने तीव्रता बढाउन सुझाब दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *