भारतमा एकैदिन १ लाखको हाराहारीमा कोरोना संक्रमित थपिए , डेढ लाख बढिको मृत्यु !

भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ। भारतमा एकै दिन संक्रमित हुनेको  संख्या झन्डै एक लाखको हाराहारीमा पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा थप ८९ हजार १२९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ

यस्तै, पछिल्लो २४ घण्‍टामा कोरोना संक्रमणका कारण ७१४ जनाको  मृत्यु भएको छ। यो संगै १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ।

शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *