भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन्

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ९१५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने दुई लाख ३४ हजार ८३ जना पुगेको छ ।
भारतमा हालसम्म एक करोड ७६ लाख १२ हजार ३५१ जना सङ्क्रमित निको भएका छन् । हाल ३६ लाख ४५ हजार १६४ जना सङ्क्रमित सक्रिय छन् । निको हुने दर ८१.९५ प्रतिशतमा पुगेको छ । हाल १६.९६ प्रतिशतमा भाइरसको सङ्क्रमण सक्रिय छ ।
कोभिड १९ विरुद्ध १६ करोड ४९ लाख ७३ हजार ५८ जनाले खोप लगाएका छन् । पछिल्लो चौबीस घण्टामा २३ लाख ७० हजार २९८ जनाले खोप लगाएका छन् । भारतको केरला, मध्य प्रदेश र राजस्थान हालका दिनमा सबैभन्दा प्रभावित राज्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *