शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । शुक्रबार ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५ मास्क , पिपिई लगायतका सामग्री ल्याईएको नेपाली सेनाले जनाएको छ । त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ । नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग आदन प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री आएको र भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए । सेनाका ती सामग्री शनिवार रुपन्देही भित्रिएको र त्यहाँबाट काठमाडौं पठाउने जानकारी आफूले पाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
Related Posts
कोरोना संक्रमण बढेपछि पेरिस र फ्रान्सका १६ प्रान्तमा शुक्रबारदेखि फेरि पूर्ण लकडाउन
- Editor
- March 19, 2021
- 0
शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो […]
ममताको अपील – “भीख होइन ऋण माग्दैछु” चुनाव आयोग भाजपा सित मिलेको लगायो आरोप
- Editor
- April 19, 2021
- 0
चकुलिया (उत्तर दिनाजपुर), तृणमूल सुप्रीमो र राज्यका मुख्यमन्त्री ममता बनर्जीले जनतालाई विधानसभा चुनावमा तृणमूलका उम्मेदवारलाई जिताउन अपिल गरेकी छिन्। उत्तर दिनाजपुर जिल्लाका नौ विधानसभा क्षेत्रका […]
कल्याण ज्वेलर्सबाट सङ्कल्प संकलन
- Editor
- October 3, 2020
- 0
दुर्गा पूजाको लागि गियर अप, कल्याण ज्वेलर्सले नयाँ सङ्कलन सुरु गरे – परम्परागत गहनाको रेखा, तामझाम मिनाकारी कामको साथ पहेंलो सुनमा हस्तकला । पर्सियन मिनाकारीको […]