भारतको सिरम इन्स्टिच्युटको आगलागीमा ५ जनाको मृत्यु

भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेकाे सिरम इन्स्टिच्युटमा बिहीबार दिउँसोको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।

आगलागीबाट निर्माणाधीन अवस्थामा रहेकाे सिरम इन्स्टिच्युटमा भने क्षति नभएको र कोभिड–१९ खाेपको उत्पादनमा कुनै असर नपरेको कम्पनीले जनाएको छ ।

सय एकडको क्षेत्रफलमा रहेको भवनमा दिउँसो २ बजेर ४५ मिनेटमा आगो लागेको थियो । सेरम इन्स्टिच्युटलाई विश्वमै सबैभन्दा ठूलाे खाेप उत्पादक कम्पनी मानिन्छ । कम्पनीमा के कारण आगलागी भएको हाे भन्ने अहिलेसम्म खुलेको छैन ।

सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको कोराेना भाइरसविरुद्ध खाेपलाई कोभिसिल्डका नाममा उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *