ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ।ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस” अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ।सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ।

एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *