बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइनेछ ।उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।
Related Posts
प्रचण्डले सर्वोच्च अदालतको अपहेलना मुद्दामा दिएको जबाफका पाँच मुख्य बुँदा
- Editor
- March 1, 2021
- 0
आफूले सर्वोच्च अदालतको अपहेलना गरेको भन्ने मुद्दामा लिखित जबाफ पठाउँदै नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त मुद्दा खारेज गर्न अदालतलाई आग्रह गरेका छन्।अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्च […]
पुस १८ सम्म संसद् अधिवेशन बोलाउनै पर्ने बाध्यता छ : सभामुख सापकोटा
- Editor
- December 13, 2020
- 0
सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुखले […]
सिलिगुडीमा कालो फिंगसको कारण पहिलो मृत्यु
- Editor
- June 2, 2021
- 0
कोरोना तीन हप्ता अघि संक्रमित भएको थियो ती महिला, ११ दिनदेखि मेडिकल कलेजमा उपचार भइरहेको थियो, आँखाको शल्य चिकित्सा मेडिकल कलेजमा गरिएको थियो कालो फिंगसको […]