बिहारमा एकक संख्या गरिष्ठ दल आरजेडी

बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ ।दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ।

तर बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ।कङ्ग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ ।२४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *