बालबालिकामाथि भाइरसको नयाँ प्रकारको असरबारे अनुसन्धान

यूकेका वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन्।यो सङ्केतको पुष्टि हुन गएमा यसबाट कोरोनभाइरस सङ्क्रमणमा “उल्लेखनीय मात्रा”मा वृद्धि हुन सक्छ।

बालबालिकामा कोरोनाभाइरसको नयाँ प्रकारको सम्भावित असरबारे गरिएको दाबी नयाँ भाइरससम्बन्धी परामर्श दिने एउटा सरकारी समूहका सदस्यहरूबाट आएको हो।\ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले “खोल्न सकिने अवस्था रहेमा” आउँदो ज्यानुअरी महिनामा विद्यालहरू खुला गर्न चाहेको सोमवार बताएका थिए।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *