बालक हत्याका अभियुक्त चार वर्षपछि पक्राउ

वीरगन्ज महानगरपालिका– १२ राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्यामा संलग्न रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । 

२०७३ असोज २० को बिहान ६ बजे वीरगन्ज चिनिमिल आवास क्षेत्रभित्र रहेको झारपात सहितको पानी जमेको खाली ठाउँमा पटेल मृत अवस्थामा फेला परेका थिए । असोज १९ मा दसैं मेला हेर्न भनी उनी घरबाट निस्किएका थिए । लामो अनुसन्धानपछि प्रहरीले वीरगन्ज महानगरपालिका–१२ राधेमाई निवासी १९ वर्षीय रेयन महतो कम्करलाई राजन पटेलको हत्या गरेको अभियोगमा पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बालकको हत्याको कारण समलैङ्गिक सम्सर्ग हुन सक्ने र सोहीअनुसार अभियुक्तको आचरण व्यवहार समेतको सुक्ष्म विश्लेषण गरी प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको हो । ‘अभियुक्तले मृतक बालकलाई मेलाबाट फकाई ल्याई समलैङ्गिक सम्सर्ग राख्ने क्रममा घाँटी न्याकी मारेको हालसम्मको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी पाण्डेले भने, ‘कर्तव्य ज्यानतर्फ कारबाही अगाडि बढाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *