अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन् ।अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् ।
Related Posts
बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड
- Editor
- September 9, 2020
- 0
अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले […]
संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल गर्न सुनुवाइ समितिले प्रधानमन्त्रीलाई बोलाउने
- Editor
- November 12, 2020
- 0
संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरेको छ/ संसदीय सुनुवाइ […]
शर्लिन चोपडाको खुलासाः शिल्ला शेट्टीसँग खुसी थिएनन् राज कुन्द्रा – देखापढी
- Editor
- July 29, 2021
- 0
बलिउड मोडल तथा नायिका शर्लिन चोपडाले ‘पोर्न फिल्म’को आरोपमा पक्राउ परेका राज कुन्द्रा र उनकी पत्नी नायिका शिल्पा शेट्टीबीच सम्बन्ध राम्रो नभएको बताएकी छन्। शर्लिनले […]