बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उहाँ हाल घरमै क्वारेन्टिनमा बस्नुभएको छ ।
उहाँको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उहाँ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बस्नुभएको उल्लेख गरेको छ । तात्काल उहाँको सम्पर्कमा आएका सबैलाई साjधानी अपनाउन आग्रह गरिएको छ । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा  छ ।
भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *