बलिउड चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति तेस्रो पटक सारिएको छ ।

 यही अप्रिल ३० का लागि रिलिज मिति तोकेर प्रचारमा रहेको चलचित्रको कोरोनाका कारण तेस्रो पटक रिलिज मिति पछाडि सारिएको हो ।

यो चलचित्रमा अभिनेता अक्षयकुमार र अभिनेत्री कट्रिना कैफले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँगको छलफलपछि चलचित्रको रिलिज मिति पर सारिएको निर्देशक रोहितले बताएका छन् ।

सन २०२० को अप्रिल २४ मा पहिलो रिलिज मिति तय गरेको ‘सूर्यवंशी’ले कोरोनाका कारण पहिलो रिलिज मितिबाट पछाडि हटेको थियो । त्यसपछि सोही वर्षको अक्टोबर १५ का लागि चलचित्रले रिलिज मिति तय गरेको थियो । यो मितिमा पनि अवस्था सामान्य नभएपछि सारिएको थियो ।

पछिल्लो समय  २०२१ को अप्रिल ३० का लागि रिलिज मिति तय गरेर चलचित्रको प्रचार भइरहेको थियो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यो समयमा पनि चलचित्र रिलिज नहुने भएको छ । चलचित्रका शीर्ष कलाकार अक्षय कुमार पनि कोरोना संक्रमणपछि हाल अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *