बलिउड अभिनेता आमिर खानकी छोरी पछिल्लो समय समाचारको हेडलाइन बनिरहेकी छन् ।

पहिला आफू डिप्रेसनमा रहेको विषयलाई लिएर उनको चर्चा भयो । यो पटक भने उनी आफ्नो नामको विषयलाई लिएर चर्चामा आएकी छिन् । धेरै व्यक्तिले उनको नाम ‘आइरा’ लेख्नु पर्नेमा ‘इरा’ लेखेकोप्रति उनी आक्रोशित भएकी हुन् । यही विषयलाई लिएर उनका साथीहरूले मजाक बनाउने उनी बताउँछिन् । यसैले उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो शुद्ध नाम उच्चारण गरेर सुनाएकी छन् । भिडियोमा आइरा भन्छिन्– ‘मेरा साथीहरू मेरो नामलाई लिएर मलाई जिस्क्याउँछन् । यसैले मैले मेरो नामको जार निर्णय गरेकी छु । जसले मेरो नाम अशुद्ध भन्छ,उसले उक्त जारमा ५ हजार रुपैयाँ राख्नु पर्छ । त्यही रकम म सहयोग स्वरूप आवश्यक रहेका व्यक्तिलाई प्रदान गर्नेछु ।’ उनी क्यामेराको पछाडि बसेर फिल्म क्षेत्रको काम गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *