बराक ओबामा भन्छन्, ‘धाँधली भएको डोनल्ड ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन’

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्।सीबीएस न्यूजमा आगामी आइतवार प्रसारण हुने एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन यो निर्वाचनमा ‘स्पष्ट रूपमा विजयी’ भएको बताएका छन् ।अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको देखिएको छ ।तर अझै केही राज्यमा मतगणना जारी छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *